राजतन्त्र फर्किने कुनै सम्भावना छैन: सभापति देउवा



काठमाडौ,फागुन २६ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । 

आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहाेल नभएको र राजतन्त्रबारे अहिले हल्ला मात्र भइरहेको बताए ।

“राजतन्त्र फर्किने कुनै माहाेल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हाे, सभापति देउवाले भन्नुभयो ।”

सभापति देउवाले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै असमझदारी र समस्या नरहेको उल्लेख गर्दै सरकार सहज ढङ्गले अघि बढिरहेको बताए ।

पत्रकारको जिज्ञासामा उनले वर्तमान सत्ता गठबन्धन आमनिर्वाचन २०८४ सम्म कायम रहने बताए ।

सभापति देउवाले पार्टीको १५ औ महाधिवेशन समयमै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्