मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने



क्यानडा,फागुन २६ । क्यानडाको नयाँ प्रधानमन्त्रीको दौडमा लिबरल पार्टीबाट मार्क कार्नी निर्वाचित भएका छन् । वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका उत्तराधिकारीका रुपमा कार्नी लिबरल पार्टीको नेताका रुपमा छानिएका हुन्  ।

ट्रुडोले प्रधानमन्त्री पदबाट राजिनामा दिएकाले आगामी दिनमा कार्नीले प्रधानमन्त्रीका रुपमा शपथ लिनेछन । तीन प्रतिद्वन्द्वीहरू विरुद्ध नेतृत्वको दौड सजिलै जितेका कार्नीले आगामी आम निर्वाचनमा लिबरल पार्टीको नेतृत्व गर्नेछन् ।

आगामी अक्टोबर २० निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । नौ वर्ष प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका ट्रुडोले गत जनवरीमा राजीनामाको घोषणा गरेका थिए।

ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन दबाबको सामना गर्नु परेको थियो । लिबरल पार्टीको नयाँ नेतृत्व सम्हालेका कार्नी बेलायत र क्यानडाका केन्द्रीय बैंकको पूर्व प्रमुख समेत हुन ।

अमेरिकाले नयाँ लागू गरेसँगै मुलुकले अध्याँरो दिनको सामना गरेको कार्नीको भनाइ छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्देश दिँदै कार्नीले अमेरिकीहरूले आफूहरुलाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्