नारीदिवसमा पञ्चकन्या गाउँपालिकाद्वारा खुल्ला गायन तथा नृत्य प्रतियोगिता सम्पन्न



नुवाकोट,फागुन २५ ।  ११५ औ अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा पञ्चकन्या गाउँपालिकाद्वारा खुल्ला गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा नृत्य तर्फ ईन्द्रायणी माविका यञ्जल गुरुङ प्रथम, सप्तकन्या आविको नृत्य समूह द्वितीय र ईन्द्रायणी माविकै द्वैड नृत्य तृतीय हुन सफल भएका छन ।

त्यसैगरी गायन तर्फ पञ्चकन्या मा वि को समूह गायन प्रथम, आधारशिला सहकारीका कविता पाण्डे द्वितीय र कालिका सहकारीका देवकी अधिकारी तृतीय हुन सफल भएका छन ।

गाउँपालिकाका उपाध्यक्ष विमला केसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले सबै महिलाको आवाजको सुनुवाइ हुनपर्छ बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा सबै वडाका वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाको सबै कर्मचारीहरु तथा विद्यालय एवम् सहकारीको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्