शिक्षक फेरि सडकमा



काठमाडौ,फागुन २४। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू पुनः सडकमा आएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिदै उनीहरु शनिबार सडकमा उत्रिएका हुन् ।

शिक्षकहरुले नयाँ बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरबाट ठूलो संख्यामा शिक्षक सहभागी थिए । उनीहरूले ‘यसअघि भएका सहमति कार्यान्वयन गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ जस्ता नारा लगाएका थिए ।

महासंघले प्रदर्शनका निम्ति उपत्यकाबाहिरका शिक्षकलाई पनि काठमाडौं बोलाएको थियो । यही फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्