‘काठमाडौं शैक्षिक मेला २०८१’ शुरु



काठमाडौं,फागुन १७। काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ हिजो शुक्रवारदेखि शुरु भएको छ ।

विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र शीपको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

मेलामा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । दुई दिने मेला शनिवार समापन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्