केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ



काठमाडौ,फागुन ११ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’ का लागि रेफ्रीलाई फुटबल हस्तान्तरण गरी खेलको शुभारम्भ गरेका हुन् । 

प्रथम महिला राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीले एपिएफ क्लब, नेपाल र ब्लाक बोल्ट क्लब, उज्बेकिस्तानबीचको पहिलो खेल अवलोकन गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई विशेष उत्सवसहित शुभकामना दिइएको थियो । कलाकारहरु बद्री पंज्ञेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्