भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु



भारत,माघ १६ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिएको छ।

गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ।

तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक-फरक लेखिरहेका छन्। हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएका थिए। घाइतेहरूलाई उपचारका अस्पतालमा लगिएको थियो। घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

१० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्