पाथीभरा केवलकार विवाद: अनिश्चितकालिन यातायात बन्द
ताप्लेजुङ,माघ १५ । ताप्लेजुङमा अवस्थित पाथीभरा(मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ ।
बन्दका कारण मङ्गलवार बिहान देखि मेची राजमार्गका ताप्लेजुङ सहित पाँचथर,इलाम सहित तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने कुनै पनि यातायातको साधन सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गको विभिन्न खण्डमा बिहान देखि सुरक्षाकर्मी तथा आन्दोलनकर्मीको उपस्थिति देखिन्छ ।
केबलकार निर्माण खारेज गर्न, सैन्य करण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिना सर्त रिहाइ, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने माग सहित अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । यस्तै मुक्कुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षका श्री लिङखिमले जानकारी दिए ।
शनिबार ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागि नो केबलका समूहका तिन जना गम्भीर घाइते भएका थिए ।