शिवपुरीको खोलेखर्क आविका बालबालिकालाई न्यानो कपडा वितरण



नुवाकोट,माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

सोमबार विद्यालयमा भएको एक कार्यक्रम बीच पुर्व मन्त्री एवम् वागमती प्रदेश सांसद राधिका तामाङको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरी, शिवपुरी गाउँपालिका उपाध्यक्ष विर बहादुर तामाङ, वडा अध्यक्षहरु नाति तामाङ, बिरबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका शिवपुरी गाउँपालिका पार्टी अध्यक्ष मिन बहादुर तामाङ, जनप्रतिनिधिहरु,बुद्विजिवि लगायतको उपस्थिति रहेकोे थियोे ।

शेरा स्मृति शिक्षा स्वास्थ्य प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रम बीच नै  पुर्व मन्त्री एवम् बामगति प्रदेश सांसद माननिय राधिका तामाङले प्रदेश सरकार बाट विनियोजित रकमबाट निर्माण सम्पन्न विद्यालय घेरावार र गेटको उदघाटन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्