नुवाकोट शिवपुरीको गुरुङ गाउँमा बन्ने भयो तमु समाज भवन



नुवाकोट,माघ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७, गुरुङ गाउँमा तमु समाज भवन बन्ने भएको छ ।

बागमती प्रदेश सभाकी सांसद राधिका तामाङको पहलमा सो भवन बन्न लागेको हो ।

आइतबार एक कार्यक्रम बीच सांसद तामाङले भवनको शिलान्यास गरेकी हुन् । भवन निर्माणका लागि रु २५ लाखको बजेट विनियोजन गरिएको सांसद तामाङले जानकारी दिइन् ।

शिलान्यास समारोहमा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्द थपलिया, उपाध्यक्ष बिर बहादुर तामाङ, वडा-७ का अध्यक्ष बिर बाहादुर तामाङ, तमु मुक्ति मोर्चाका नेता जीवन गुरुङ, र नेकपा माओवादी केन्द्र वडा-७ समिति अध्यक्ष श्यामप्रसाद पाण्डे लगायतको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस्