रविसँग फेरि मागियो एक करोड धरौटी
रुपन्देही,माघ १३ । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन् ।
सहकारी ठगी प्रकरणमा लामिछानेसँग अहिलेसम्मकै धेरै धरौटी माग गरिएको छ । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।