सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौं : अध्यक्ष प्रचण्ड



नेपालगन्ज,माघ १० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताए ।

बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको बिहीबार उद्घाटन गर्दै सो कुरा बताए । 

हजारौंको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र फेरि हुन थालेको जनाउँदै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि जनता फेरि जागरुक हुनुपर्ने बेला आएको बताए ।

माओवादीको नेतृत्वमा गठन भएको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानबाट डराएर अप्राकृतिक गठबन्धन बनेको अध्यक्ष प्रचण्डले बताए ।

सहिद बाटिकामा निर्माण गरिएका जनयुद्धका सहिह डम्बर रानाभाट, प्रतिमा गौतम र बिपिन अधिकारीको सालिकको अनावरण गर्दै प्रचण्डले माल्यार्पण समेत गरे । सो अवसरमा उनले सहिद परिवारसँग भेट गरेर उनीहरूको अवस्था बारे जानकारी पनि लिए ।

यसअघि अध्यक्ष प्रचण्डले बाँकेको खजुरा ३ धवलागिरी गाउँमा सहिद डम्बर रानाभाटको घरमा पुगेर यस क्षेत्रका सहिद परिवारसँग भेट गर्दै दिउँसोको खाना पनि सहिद परिवारसँगै खाएका थिए । 

सो क्रममा उनले सहिद कहिल्यै नमर्ने उल्लेख गर्दै सहिद परिवारको दुःख पीडाको साथी पार्टी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्