वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बन्द
बैंकक,माघ १० । वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् ।
मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरूले बिदा दिएका हुन् ।
आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ । यसै साताको सुरुमा बैङ्ककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए ।
बिहीबार बिहानसम्म बैङ्कक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विदालय विद्यालय बन्द भएका छन् । बन्दले हजारौं विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ ।
राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्याङ्क पनि उपलब्ध छैन । रासस/एएफपी