‘सम्झनामा तारा देवी’ सम्मान र सङ्गीत समारोह



काठमाडौ,माघ १० । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा  ‘सम्झनामा तारा देवी’ नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा ‘सम्झनामा तारा देवी’ नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम:  समारोह आयोजना गरेको हो ।

समारोहमा  वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ सङ्गीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित ‘स्वर किन्नरी स्मृति सम्मान २०८१’ बाट सम्मानित गरेको छ । कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका/गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए ।

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत ‘सुनगाभा जस्तो जीवन’ गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरू ममता गुरुङले ‘रिमझिम रिमझिम’, गायिका प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, गायिका बबिना भट्टराईले ‘तिमि तिरमा उभी देऊ’, वरिष्ठ गायिका शर्मिला वर्देवाले ‘आमा भएर बोकी हेर’ गायिका जुनु गौतमले ‘फूलै फूलको मौसम तिमीलाई’ गायिका अन्जुली हमालले ‘तिमिले दिएका’ गायिका रिता के सीले ‘उकाली ओरालीहरूमा’ गायिका सुधा शेर्पाले ‘नौ सय खोला तरेर’ साथै गायिका सरस्वती मानन्धरले ‘शुभकामना’ गाएर वाहवाही पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्