रवि लामिछानेलाई श्रीमती निकिताको जिम्मा लगाउने आदेश
रुपन्देही,माघ ९ । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ ।
आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो ।
यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ । लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोप छ ।