टर्कीको होटलमा आगलागी : मर्नेको सङ्ख्या ७६ पुग्यो



इस्तानबुल,माघ ९ । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताउनु भयो । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् ।

सिएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिका थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने, “हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । “यो एकताको दिन हो,” उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुनेसमेत बताए । टर्की सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तीमा नौ जनालाई पक्राउ गरिएको बताए । आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए । रासस,एएनआई 

प्रतिक्रिया दिनुहोस्