नुवाकोटको त्रिशूली अस्पताल प्रदेशकै पहिलो र देशकै तेस्रो घोषित
नुवाकोट,माघ ९ । त्रिशूली अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत ८१ प्रतिशत प्राप्त गर्दै बागमती प्रदेशकै पहिलो र देशकै तेस्रो अस्पताल घोषित भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालायको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन समितिका प्रतिनिधि डा. त्रिभुवन चन्द्र झाले ८१ प्रतिशत अङ्क प्राप्त गर्दै त्रिशूली अस्पताल बागमती प्रदेशकै पहिलो र देशकै तेस्रो अस्पताल भएको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले आगामी दिनमा अझै थप सुधार र गुणस्तर वृद्धिमा केन्द्रित हुन हौसला प्राप्त भएको बताए । चालु आर्थिक वर्षमा अस्पतालले बिरामीको सहजताका लागि भिडिओ कल सेवा सञ्चालन गर्ने भएको जावकारी दिए ।