भाडाको बिषयमा बिबाद हुँदा बसको ढोकाबाट खसेर महिलाको ज्यान गयो



गुल्मी,माघ ८ । गुल्मीमा भाडाको बिषयमा झगडा भएपछि बसको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडानम्बर–५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमालको बसबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।

जिल्लाको तम्घास–छल्दी–सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा सवार कुमालको बस भाडाको बिषयमा झगडा भएपछि बसको ढोकाबाट खस्दा घाइते भइकी थिइन । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार, मृतक कुमाल बसबाट ओर्लिएपछि बस भाडा दिने क्रममा विवाद भएको थियो । सामान्य विवाद झैझगडाकै रुपमा जाँदा बस गुड्ने क्रममा उनी बसको ढोकामा झुन्डिन पुगिन् । चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसिन् । सडकमा खस्दा घाइते उनको उपचारका लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । गुल्मी अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्