नुवाकोट शिवपुरीमा भोलि शोक बिदा
नुवाकोट,माघ ८ । जिल्लाको शिवपुरी गाउँपालिकमा भोलि बुधबार शोक बिदा दिइएको छ ।
सिक्रेस्थित सिक्रे स्वास्थ चौकीमा कार्यरत एक कर्मचारीको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गर्दै शोक बिदा दिने निर्णय गरेको हो ।
जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रे स्वास्थ चौकीमा कार्यरत सहयोगी सोहि स्थान निवासी मानबहादुर बुढाथोकी को पानी लगाउन जाने क्रममा लडेर निधन भएको हो ।
कार्यालय सहयोगी बुढाथोकीको मृत्यु भएकाले भोलि एक दिन माघ ९ गते शोक बिदा निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ -‘प्रस्तुत विषयमा यस शिवपुरी गाउँपालिका वडा नं. ४, सिक्रे स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत अति मिलनसार, कर्मठ तथा ईमान्दार कर्मचारी श्री मान बहादुर वुढाथोकीको मिति २०८१ साल माघ महिना ७ गते असामयिक निधन भएको हुँदा उहाँ प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना सहित यस दुःखद घडीमा सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस शिवपुरी गाउँपालिका कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगन राखी भोली मिति २०८१ साल माघ ९ गते बुधवारका दिन १ (एक) शोक विदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं।’