नुवाकोट पञ्चकन्याको सबै वडामा बाल संजाल
नुवाकोट,माघ ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको सबै वडामा बाल संजाल गठन गरिएको छ ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ पञ्चकन्या गाउँपालिकाको आयोजनामा गत पुसदेखि एक महिना अवधिमा वडा स्तरीय बाल भेला, बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
विभिन्न वडामा भएको छुट्टाछुट्टै बाल भेलाले छुट्टाछुट्टै बाल संजाल गठन गरिएको हो । जस अन्तर्गत वडा नं १ मा कृष्टिना के.सीको अध्यक्षतामा २० सदस्यीय बाल सञ्जाल,वडा नम्बर २ मा आशुतोष कुईकेलको अध्यक्षतामा २० सदस्यीय बाल सञ्जाल, वडा नम्बर ३ मा देविका खड्काको अध्यक्षतामा २० सदस्यीय बाल सञ्जाल, वडा नम्बर ४ मा अभिषेक के.सीको अध्यक्षतामा २१ सदस्यीय बाल सञ्जाल र वडा नम्बर ५ मा विजय खतिवडाको अध्यक्षतामा २३ सदस्यीय बाल सञ्जाल गठन भएको छ ।
वडा स्तरीय कार्यक्रमको मंगलबार अन्तिम दिन वडा नम्बर ४ कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री विमला के.सीले २०८३ माग सम्ममा वडा देखि गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न बाल सञ्जाल अगाडि बढाइएको बताइन् ।