रवि लामिछाने भैरहवामा, भोलि अदालतमा उपस्थित हुने
काठमाडौं,माघ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा अदालतमा हाजिर हुन उनी भैरहवा आएका हुन् ।
उनी बुद्ध एयरको विमानबाट भैरहवा गएका छन् । अहिले उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसित भेटवार्ता गरिरहेको बताइएको छ । लामिछाने भोली जिल्ला अदालतमा हाजिर हुने बताइएको छ ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका थिए । जिल्ला अदालत कास्कीबाट लामिछाने ६५ लाख र काठमाडौंबाट ६० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा समेत सहकारी ठगी मुद्दा रहेको छ ।