एमाले सचिवालय बैठक बस्दै
काठमाडौ,माघ ८ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ४ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको विषयमा छलफल हुने जनाइएको छ।
गौतमले यसअघि अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक भएको बार्ता सकारात्मक भएको बताउँदै एमालेमा प्रवेश गर्ने घोषणा गरिसकेका छन्।
सचिवालय बैठकले उनलाई स्वागत गर्दै नयाँ जिम्मेवारी तोक्न सक्ने सम्भावना छ।