२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई



काठमाडौ,माघ ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छिन् ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने जानकारी दिएकी हुन् । 

उनले केही दिनअघि सरकारले जारी गरेको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेको बताइन । 

सोही बारेमा सोमबारको मन्त्रीपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि २०८१ बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन । 

उनले भनिन, ‘‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो । त्यसमा शिक्षकहरूमा केही कन्फ्युजन थियो । कहिलेबाट भनेर। मैले आज मन्त्रीपरिषदमा यो विषय प्रवेश गराएँ । त्यहाँ जबबाट ऐन बन्यो त्यहीलेदेखि नै होला । २०८१ सालबाट मात्रै उनीहरू त्यसमा समावेश हुन्छ्न । अगाडिको शिक्षकहरू पेन्सनकै प्रावधानमा रहन्छ्न ।’’

उनले २०२१ सम्मका शिक्षकहरू भने पेन्सनकै प्रावधानमा रहने पनि बताइन ।

प्रतिक्रिया दिनुहोस्