चीनको आर्थिक वृद्धिदर दशकयताकै सबैभन्दा सुस्त, २०२६ सम्म ४ प्रतिशतभन्दा तल झर्ने अनुमान
बेइजिङ,माघ ६ । आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधलाई नेताहरूले भयको नजरले हेरिरहेका बेला चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांकले देखाएको छ ।
बेइजिङले अर्थव्यवस्थालाई पुनरुत्थान गर्नको लागि हालै आफ्नो सबैभन्दा आक्रामक योजना तथा उपायहरूको घोषणा गरेको छ । जुन सम्पत्ति बजार, ऋण संकट र सुस्त उपभोक्ता खर्च सहित धेरै क्षेत्रहरुमा सामना गरेको समस्या समाधानमा केन्द्रित छन् ।
बेइजिङको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस)को तथ्यांकअनुसार सन् २०२३ मा ५.२ प्रतिशत रहेको अर्थतन्त्रको वृद्धि गत वर्ष ५ प्रतिशतमा सिमित भएको थियो । बढ्दो बाह्य दबाब र आन्तरिक कठिनाइका कारण जटिल र गम्भीर वातावरणको सामना गर्दै यो वृद्धि भएको एनबीएसले जनाएको छ ।
अर्थतन्त्रले अझै पनि ‘कठिनाइ र चुनौती’को सामना गरिरहेको अधिकारीहरूले बताएका छन्। औद्योगिक उत्पादन अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा ५.८ प्रतिशतले बढेको छ । कोभिड–१९ महामारीका आर्थिक उथलपुथलका वर्षहरूबाहेक चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सन् १९९० यताकै सबैभन्दा कम हो ।
एएफपीले गरेको सर्वेक्षणमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा झर्ने र अर्को वर्ष ४ प्रतिशतभन्दा तल झर्ने अनुमान विश्लेषकहरूले गरेका छन् । चीन अहिलेसम्म महामारीबाट पुरानै लयमा फर्किन असफल भएको छ । घरेलु खर्च मन्दीमा फसेको छ ।
अर्को हप्ता आफ्नो दोस्रो कार्यकाल सुरु गर्ने ट्रम्पले चीनमाथि कडा प्रतिबन्ध लगाउने वाचा गरेका छन् । बेइजिङले हालैका महिनाहरूमा अर्थतन्त्रलाई मजबुत बनाउन प्रमुख ब्याज दरहरू कटौती गर्ने, स्थानीय सरकारको ऋणलाई सहज बनाउने र घरायसी सामानहरूको लागि अनुदान कार्यक्रमहरू विस्तार गर्ने जस्ता धेरै उपायहरू अघि सारेको छ।
चीनको केन्द्रीय बैंकले २०२५ केहि थप दर तथा नीतिको कटौती गरि लागू गर्ने संकेत गरेको छ । यसमा एक प्रमुख परिवर्तनको एक भाग मौद्रिक नीतिमा लिइएका केहि अडान पनि रहेका छन् ।
तर विश्लेषकहरूले चिनियाँ निर्यातको परिदृश्य थप अनिश्चित हुँदै जाँदा आन्तरिक खपत बढाउन थप प्रयासको आवश्यकता रहेको चेतावनी दिएका छन्। मूडीज एनालिटिक्सका ह्यारी मर्फी क्रुजले एएफपीसँग भनेका छन्, “मौद्रिक नीतिको समर्थनले मात्र अर्थतन्त्रलाई सुधार्ने सम्भावना छैन ।”
चीनले डिसेम्बरमा मुद्रास्फितिमा फस्नबाट जोगिएको छ, तथ्यांक अधिकारीहरूले गत हप्ता भनेका थिए । डिसेम्बरमा नौ महिनायताकै सबैभन्दा कम गतिमा मूल्य वृद्धि भएको थियो। १४ वर्षयताकै सबैभन्दा तीव्र मूल्यमा आएको गिरावटको एक महिनापछि फेब्रुअरीमा चीन चार महिनाको अवमूल्यनबाट बाहिर आएको थियो ।
अपस्फीतिले व्यापक अर्थव्यवस्थाको लागि खतरा उत्पन्न गर्न सक्छ किनकि उपभोक्ताहरूले थप कटौतीको आशामा यस्तो परिस्थितिमा खरीद स्थगित गर्छन्।