देश बनाउने प्रमुख जिम्मेवारी तरुण युवाहरुको काँधमा आएको छः विद्वान गुरुङ



सिन्धुपाल्चोक,माघ ५ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देश बनाउने प्रमुख जिम्मेवारी तरुण युवाहरुको काँधमा आएको बताएका छन् । शनिबार तरुण दल जिल्ला कार्यसमिती सिन्धुपाल्चोकद्वारा आयोजित बृहत् वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नया भनिने विभिन्न पार्टीले अहिले मुलुकमा अराजकता बढाएको बताउदै अध्यक्ष गुरुङले युवाहरु यस्ता अराजक क्रियाकलापको विरुद्धमा लाग्नुपर्ने बताए ।

अध्यक्ष गुरुङले आफ्नो र परिवारको पेट पाल्न युवाहरु विदेशिनुपरेको बताउँदै विदेशमा गएर मात्र समस्या समाधान नहुने बताए । आफ्नै देशमा अवसरको बाटो पछ्याउनुपर्ने उनको भनाइ छ । अध्यक्ष गुरुङले तरुण दल जिल्ला कार्यसमिति अध्यक्ष सञ्जय लामा एवं कार्यसमिती परिवारलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

काठमाडौंको गोकर्णेश्वोर–८ स्थित जगडोल डाँडामा आयोजित कार्यत्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, सिन्धुपाल्चोक काङ्ग्रेस उपसभापति दोर्जे लामा, नेपाल जेसिज बर्ष २०२५को अध्यक्ष रजनि थापा, काभ्रे जिल्ला भुम्लु गाउपालिका उपाध्यक्ष दावा लामालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्