घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्कमा रोपियो ओखरको बिरुवा
नुवाकोट,माघ ५ । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्कमा विशेष कार्यक्रमको आयोजना गरी ओखरको बिरुवा रोपिएको छ। शनिबार स्थानीय वडा नम्बर ४ को श्रमदानमा जिल्ला वन कार्यालयको सहयोगमा प्राप्त ४ सय ओखरको बिरुवा रोपिएको हो ।
कार्यक्रमको अध्यक्षता पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गरेका थिए भने प्रमुख अतिथि उपाध्यक्ष विमला केसी तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेल र वन अधिकृत धुर्ब कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, रोजगार सेवा केन्द्रमा सूचीकृत श्रमिक र अन्य संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
उद्घाटन समारोहपछि श्रमदानमार्फत २ सय भन्दा बढी सहभागीहरूले ओखरको बिरुवा रोपेका थिए । पञ्चकन्या गाउँपालिकाले जिल्ला वन कार्यालयलाई बिरुवा सहयोग गरेकोमा आभार व्यक्त गरेको छ । कार्यक्रमले पर्यावरण संरक्षण र सामुदायिक सहकार्यलाई बलियो बनाउँदै थप हरियाली ल्याउने विश्वास गरिएको छ।