६ विकास बैंक घाटामा, ११ नाफामा



काठमाडौं,माघ ५ । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा ६ विकास बैंक घाटामा रहेका छन् ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्म सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक घाटामा रहेका हुन् । यी बैंकहरूमध्ये एक्सेल डेभलपमेन्ट बैंक सबैभन्दा बढी घाटामा छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक रू. ५ करोड १८ लाख घाटामा छ । 

पुस मसान्तसम्ममा ११ विकास बैंक नाफामा रहेका छन् । तीमध्ये मुक्तिनाथ विकास बैंकले रकमका आधारमा सबैभन्दा बढी नाफा कमाएको छ । यस बैंकले चालू आवको पाँच महीनामा रू. ५८ करोड ८८ लाख नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले रू. ४५ करोड ९३ लाख नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको नाफा २८ दशलमव २० प्रतिशत बढी हो । 

रकमका आधारमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । बैंकले चालू आवको पाँच महीनामा रू. ५१ करोड ५३  लाख नाफा कमाएको छ । 

प्रतिशतका आधारमा सर्वाधिक नाफा कमाउनेमा कामना सेवा विकास बैंक छ । बैंकले गत आवको पुस मसान्तसम्मको तुलनामा ६८.२६ प्रतिशत बढी नाफा कमाएको छ । 

प्रतिक्रिया दिनुहोस्