शिशु मृत घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ, ५ दिन म्याद थप



प्युठान,माघ ४ । प्युठान जिल्ला अदालतले नवजात शिशु मृत फेला परेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई जनाको अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।

प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भान बजारमा मृत अवस्थामा नवजात शिशु भेटिएको घटनामा संग्लग्न रहेको आरोपमा बिहिवार पक्राउ परेका दुई जनाबारे थप अनुसन्धान गर्न अदालतले आज ५ दिनको म्याद दिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले घटनामा संलग्नता खुल्न आएका परिवर्तित संकेत नाम दर्भान र जलुकेलाई प्युठान जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जानकारी दिए ।

उनले विस्तृत अनुसन्धान पश्चात दोषीउपर मुद्दा चलाइने बताए । बिहिवार फोहोर फाल्ने डस्टबिनमा मृत शिसु भेटिएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक केशव के.सी.को कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले तालीम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो । घटना भएको २४ घण्टा नबित्दै घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्