‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल आफैं एमालेमा छिर्छन’- पोखरेल



काठमाडौं,माघ ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि प्रवेश गर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताए ।

‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्न लहरलाई रोक्न सक्नुहुन्न ।’

एमाले भित्र मत राख्न पाइदैन, बहस गर्न पाइदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उल्लेख गर्नुभएका महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको उल्लेख गरे ।

पार्टीका पूर्व उपाध्यक्ष डा भिम रावल आफै एमालेमा रहन नचाहेका कारण पछिल्लो परिस्थिती सृजना भएको बताउँदै उनले थपे,‘पार्टीले निर्णय गर्नु भन्दा अघि आप्mना धारणा राख्ने हो । निर्णय भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने हो तर उहाँ डा। भिम रावलले स्थापित विधि भित्र नबसेर सँधै निर्णय र नेतृत्वको आलोचना मात्रै गर्नुभयो । पार्टी दिएको एक वर्षको समयलाई पनि वेवास्ता गर्नुभयो र अन्तमा आफैले एमाले नरहने वातावरण सृजना गर्नुभयो । यो वास्तविकता नबुझेका एमाले बिरोधीहरुले पार्टी भित्र अभिमत राख्न दिइदैन, छलफल हुदैन भन्ने भाष्य निर्माण गर्दै हिडिरहेका छन् ।’

‘हाम्रो पार्टी भित्र दुई पटक गम्भीर दुर्घटना भए । पटक १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, तिन पटक पार्टी नेतृत्व सम्हालेका झलनाथ खनाल अलग्गीदा पनि छोटो अवधीमै समाजवादी नाङ्गीनु र २०५४ मा एमालेबाट अलग्गीएर बनेको वामदेव नेतृत्वको मालेको हालतले नेताहरु कुरा नमिल्दा फुट्नु पर्छ भनेपनि जनताले नस्विकारेको तत्थ्यलाई बिर्सनु हुदैन्’ उनले थपे ।

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको दाबी गरे । उनले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको बताए ।

प्रेस चौतारीमा प्रवेश समाहित हुदैं समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरी चल्ने दावी गरे ।

एमालेमा बोल्नी दिइएन्, मत राख्न दिइएन भनेर प्रचार गर्न लगाउने माधव नेपालले आफूले सामान्य बीचार राख्दा २४ घण्टे स्पष्टी करण दिने भित्रभित्रै नेता कार्यकर्तालाई दबाएर राख्ने काम भएकै कारण पार्टी फष्टाउन नसकेको बताउनु भएका सुवेदीले देशभरका समाजवादी प्रेस संगठनमा रहेका नेताहरु चौतारीमा आबद्ध हुने बताए ।

स्वागत कार्यक्रममा समाजवादी प्रेस संगठन छोडेर अध्यक्ष सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन नेपोलियन चेपाङलगायत दर्जनबढि केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघका नेताहरुलाई प्रेस चौतारीमा स्वागत गरिएको प्रेस चौतारी नेपालमा महासचिव हिरामान लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्