५० हजार धरौटी तिरेर रिहा भए निकोलस भुसाल



काठमाडौ,माघ ४ । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा निकोलस भुसाल धरौटी तिरेर रिहा भएका छन् ।

उनी ५० हजार धरौटी तिरेर रिहा भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकर राईको इजलासले निकोलसलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको हिरासतको तस्बीर सार्वजनिक गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।

भुसालविरुद्ध बुधबार साइबर अपराधको कसुरमा मुद्दा दायर भएको थियो । बिहीबार बयान नसकिएको हुँदा उनी प्रहरीको हिरासतमा थिए ।

गत पुस ७ गते उनले लामिछानेको तस्बीर सार्वजनिक गरेका थिए । सोही दिन साँझ पक्राउ परेका उनलाई पुस ८ मा अदालतमा म्याद थपका लागि लगिएको थियो । तर, अदालतले म्याद थप्न नमानेपछि हिरासतबाहिर नै राखेर अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्