समुन्द्रादेवी माविमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न, भोलिदेखि कालिकादेवीमा



नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई उत्प्रेरणा प्रशिक्षण हरिश वलीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण समापन कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठ, वडा सदस्य कमल तामाङ, समाजसेवी जितेन्द्र बिष्ट, श्याम लामा, विद्यालय ब्यवस्थापन समिति पदाधिकारीको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष श्रेष्ठले काम गर्नेहरुकै आलोचना हुने गरेको टिप्पणी गरे । ‘जो हाँत बाँधेर घरमा बस्छ, उस्को बारेमा टीकाटिप्पणी हुदैन । मैले आलोचनालाई सकरात्मक रुपमा लिएर त्यसमा सुधार गर्दै शिवपुरीको हितमा काम गर्ने गरेको छु।’ श्रेष्ठले भने।

वडा सदस्य कमल तामाङले शिवपुरीमा भइरहेका विकासका कामबारे सत्यतथ्य जानकारी राखेरमात्र आफ्नो धारणा बनाउन आग्रह गरे । शिवपुरीका ऐतिहासिक र धार्मिक स्थलहरूको जानकारी राख्दै सबैको संरक्षणका लागि सम्बन्धित ठाउँमा आफुले पहल गरेको बताए ।

त्यस्तै विद्यालयका पूर्व अध्यक्ष तथा समाजसेवी जितेन्द्र बिष्टले समाज परिवर्तन गर्ने क्षेत्र नै विद्यालय भएकालेे यस प्रकारको उर्जाशील कार्यक्रमले समाज थप परिस्कृत हुने अपेक्षा व्यक्त गरे ।

उत्प्रेरणा प्रशिक्षण कार्यक्रम माघ ४ र ५ गते वडा नम्बर ६ मै अवस्थित कालिकादेवी माध्यमिक विद्यालय गुर्जेमा हुने आयोजक वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्