अदालतभित्रै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
काठमाडौ,माघ २ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् ।
सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रास्वपाका कार्यकर्ताले कुटेका हुन् । त्रिपाठीलाई कुटेपछि रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो-हल्लाका साथ नाराबाजी गरेका थिए । ‘मैले पीडितको पक्षबाट बहस गरेको थिएँ । ममाथि हातपात, कुटपिट भयो । मेरो ब्यागसमेत खोसिएको छ,’– संक्षिप्त कुराकानी गर्दै उनले भने ।