दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ



काठमाडौ,माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट्रपति युन लाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।

योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिएका थिए । यससँगै योन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

बिबिसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्