राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं,माघ २ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष (आव) २०८०÷०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । 

अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । 

साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ ओटा एक्सटेन्सन काउन्टर, ३१२ ओटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्