अमेरिकाको लस एन्जलसमा लागेको डढेलो अझै नियन्त्रण बाहिर, २४ जनाको मृत्यु



काठमाडौं,माघ १ ।अमेरिकाको लस एन्जलसमा लागेको डढेलो तीब्र गतिको हावाहुरीका कारण नयाँ क्षेत्रहरुमा फैलिरहेको छ । डढेलोका कारण हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । अन्य २३ जना बेपत्ता छन् ।

अग्नी नियन्त्रकहरुले डढेलो नियन्त्रणका लागि गरेको प्रयास हावाहुरीका कारण सफल हुन सकिरहेको छैन । एक सातादेखि लगातार आगलागी भइरहेको छ ।

लस एन्जलसको सबैभन्दा प्रभावित प्यालिसेड्समा लागेको डढेलो १४ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ । यस्तै इटन क्षेत्रमा लागेको डढेलो ३३ प्रतिशत नियन्त्रणमा आएको छ । ती क्षेत्रमा अझै पनि हावाहुरीको पूर्वानुमान गरिएकाले आगो थप फैलिने खतरा रहेको अधिकारीहरुले बताएका छन् ।

तीब्र हावाहुरीले फैलिनसक्ने डढेलो नियन्त्रणको तयारी भइरहेको लस एन्जलसका मेयर करेन बासले बताउनु भयो । अमेरिकी राष्ट्रपति जो बाइडनलसे डढेलोका कारण २४ जनाको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रमा लुटपाट समेत भइरहेकाले त्यसमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्