नेपालकै दाेश्राे तीन मुखे झाेलुङ्गे पुल नुवाकोटमा, डाक्टर महतले गरे शिलान्यास



नुवाकोट,पुस २८ । नेपालकै दाेश्राे तीन मुखे झाेलुङ्गे पुल नुवाकोटमा बन्ने भएको छ । यसअघि गुल्मीको रिढीमा पहिलो तीन मुखे पुल निर्माण सम्पन्न भैसकेको छ ।

जिल्लाको तादी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाकाे संगमस्थल हेमवति खोला र सुर्यमति खोलाकाे संगममा सो तीन मुखे झोलुङ्गे पुल निर्माण हुन लागेकाे हो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता एंव पुर्व अर्थमन्त्री डा प्रकाशशरण महतले सो पुलको शनिबार एक समारोहका बीच शिलान्यास गरेका हुन् ।

कार्यक्रममा एमाले नेता बद्री मैनाली तथा स्थानीय नेताकार्यकर्ताको समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्