फोनिज मोरङ अध्यक्षमा श्रेष्ठ
मोरङ,पुस २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङको छैठौं जिल्ला अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय कार्य समिति चयन गरेको छ ।
श्निवार मोरङको पथरीशनिश्चरे –२ स्थित हरियाली सामूदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको साधारण सभाले उपाध्यक्षमा विजय खम्बू, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा राजेश राजवंशी र सङ्गिता राई, कोषाध्यक्षमा सुरञ्जन लिम्बू चयन भए ।
यस्तै, सदस्यहरूमा उषा सरदार, सञ्जय राजवंशी, देवराज तामाङ र कृष्ण कुलुङ राई चयन भएका छन् । सर्वसम्मत चयन भएको समितिको बैठकले एक जना सदस्यसहित प्रदेश र सङ्घीय प्रतिनिधि छनौट गर्नेछ ।
यसअघि पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुुख मोहनप्रसाद तुम्वापोले अधिवेशनको उद्घाटन गरेका थिए । फोनिज मोरङमा ५० जना पत्रकार आवद्ध छन् ।