गाँजा खेतीलाई वैधता दिलाउन पर्ने मुख्यमन्त्री लामाको भनाइ



मकवानपुर,पुस २५ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताएका छन् । उनले बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशन उद्घाटन गर्दै संघीय सरकारले नै कानुन निर्माण गरेर गाँजा खेतीलाई वैध बनाउनु पर्ने बताएका हुन् ।

उनले गाँजालाई वैधानिकता दिने विषयमा प्रदेश सरकारले पनि पहल गर्ने बताए । उनले मकवानपुरका विकट गाउँका जनताले विकल्प नपाउँदा गैरकानुनी मानिएको गाँजा खेती गर्न बाध्य भएको बताए । आवश्यकताको आधारमा गाँजालाई वैधता दिन सबैले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ । ‘मैले पनि मकवानपुरका विभिन्न पालिकामा पुगेर हेरे, यहाँका जनताहरूसँग विकल्प नहुँदा गाँजा खेती गरेको मलाइ पनि लागेको छ । त्यसकारण संघीय सरकारले नै गाँजालाई वैधता दिने विषयमा ऐन कानुन निर्माण गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘आवश्यकता परे प्रदेश सकारले पनि त्यसतर्फ भूमिका खेल्न सक्छ ।’

उनले कार्यक्रममा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलातर्फ इंकित गर्दै संघीय संसदमा गाँजालाई वैधता दिने विषयमा पहल गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्