माइक्रोफाइनान्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौं,पुस २५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरेको छ ।
लघुवित्तले भक्तपुरको सिर्जना टोलमा बसोबास गर्ने न्यून आय भएका घरपरिवारका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पाठ्य सामाग्री वितरण गरेको हो ।
काठमाडौंको डिल्लीबजारस्थित महिला अधिकार तथा विकास केन्द्रको समन्वय तथा व्यवस्थापन सहयोगमा आयोजना भएको उक्त कार्यक्रममा सो क्षेत्रका आधारभूत तथा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्यनरत ३० जना छात्रछात्रालाई ब्याग, कापी, कलम, जोमिट्री बक्सलगायत पाठ्य सामाग्री वितरण गरिएको थियो ।