मौसम: देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्स



काठमाडौ,पुस २४ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

यसैगरी, दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

बुधबार राति पनि कोशी प्रदेशकै हिमाली र पहाडी भूभामा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेका छ ।

प्रतिक्रिया दिनुहोस्