सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हट्यो



काठमाडौं,पुस २४ । गत पुस १७ देखि सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हटेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले एक परिपत्र जारी गर्दै प्रतिबन्ध हटाइएको र नियमानुसार सुरक्षित तवरले हेलीकप्टरको उडान अवतरण / होभरिङ गर्न गराउन हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरेको छ ।

‘निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकहरूलाई सो स्थानको दृष्यावलोकन गर्न, पर्यटक तथा स्थानीय विरामको उद्धार गर्न, विकास निर्माणका सामाग्री, खाद्यसामग्री तथा अन्य सामाग्री दुवानी गर्न लगायतका कार्यका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीहरूलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानून अनुसार सुरक्षित तवरले हेलीकप्टरको उडान, अवतरण / होभरिङ गर्न गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ,’ हेलिकप्टर कम्पनीहरूलाई सम्बोधन तथा सम्बन्धित सरकारी निकायलाई बोधार्थ सहित जारी गरिएको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्