प्युठानमा रोज राणाले उद्घाटन गरेको सम्मेलन गगन- शेखर पक्षद्वारा बहिस्कार
प्युठान,पुस २२ । प्युठानमा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री एवंम नेपाली कांग्रेसका नेता सराेज थापा (राेज राणा) सहभागी भएको कार्यक्रम गगन- शेखर पक्षले बहिस्कार गरेको छ। थापाले उद्धाटन गरेको पार्टिको प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकाको सम्मेलन गगन- शेखर पक्षले बहिस्कार गरेको हो ।
पार्टिको विधि मिचेर राणालाइ प्रमुख अतिथी बनाईएकाले सम्मेलन बहिस्कार गरिएको गगन- शेखर पक्षधर नेताले बताएका छन। ‘बिधीले पार्टिको केन्द्रीय सदस्य वा पार्टी सभापतीलाई प्रमुख अतिथी बनाईनुपर्थ्यो’नाम नबताउने सर्तमा उनले भने,’एकाएक विधि मिचेर थापालाई प्रमुख अतिथी बनाईएपछी साथिहरु असन्तुष्ट भएको हुन सक्छ ।’ श्रोतले गुटगत राजनितिकै कारण नेताहरुमा टकराव बढ्दै गएको समेत बतायो।
प्युठान नगर र मल्लरानी पालिका समेलनमा गगन- शेखर पक्षधर मानिने जिल्ला पार्टि सभापती बिष्णु कुमार गिरी, पुर्व सभापती अमर प्रसाद भण्डारी लगायतका नेतृत्व सहभागी भएन्न। यस बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा पार्टी सभापती गिरीले कार्यब्यस्तताका कारण आफू सम्मेलनमा सहभागी हुन नसकेको प्रतिक्रिया दिए। गाउँपालिकाको आन्तरिक कार्यक्रममा आफू ब्यस्त रहेको बताउदै गिरी तर्किए ।
सम्मेलनमा बोल्दै नेता थापाले पार्टीको पुर्व सभापतीलाई गएको २०७९ को प्रदेश तथा संघिय चुनाबमा आफू बिरुद्ध बागी उठाउन प्रयास गरेपनी डा. गोबिन्दराज पोखरेल असफल भएको समेत भन्न भ्याए।
उता,प्युठानको मच्छिमा हुने भनिएको काँग्रेसको झिमरुक गाउँपालिका सम्मेलन मन्त्री थापाले उद्धाटन गर्ने भनिएपछी स्थगित गरिएको स्रोतले दावी गरेको छ। जिल्लामा मन्त्री एवंम कांग्रेस नेता थापाले पार्टी र जनताको हितमा गरेको काम पार्टिभित्रका कतिपय गुटबन्दी गर्दै हिड्ने नेतालाई मन नपरेको र थापालाई असफल बनाउने प्रयास भईरहेको नेपाली कांग्रेस प्युठानका जिल्ला कोषाध्यक्ष दिपक केसिले बताए। उनले उनले मन्त्री थापाको लोकप्रीयता बढेको बताउदै जिल्लामा गगन- शेखर पक्ष रक्षात्मक अवस्थामा पुगेको दावी समेत गरे।
सरोज थापा आफ्नो काम र संघर्षले स्थापित नेता भएको बताउदै कोषाद्य्यक्ष केसिले जस्तो सुकै घेराबन्दी तोड्न उहा सक्षम रहेको कामनाडेलीलाई बताए। प्युठान जिल्लामा केन्द्रीय सदस्य डा.गोबिन्दराज पोखरेलले इतर समूहको नेतृत्व गरेका छन् भने लुम्बिनी प्रदेश सरकारका खानेपानी मन्त्री समेत रहेका काँग्रेस नेता राणाले संस्थापन समूहको नेतृत्व गर्दै आएका छन ।
दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । नेपाली कांग्रेसको १४ औँ अधिबेशनपछी कांग्रेस नेता डा. पोखरेल र राणा एउटै मंचमा सहभागी नभएको पार्टि नेताहरुले बताएका हुन ।