सरकारले सार्वजनिक यातायातको भाडा बढायाे
काठमाडाैँ,पुस २२ । नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी भाडा बढाएको हो ।
विभागले यात्रुवहाक सवारीका लागि ३.३० प्रतिशतले भाडादर बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीका लागि ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीका हकमा ०.००५ प्रतिशतले भाडादर बढाएको हो ।
त्यस्तै दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका सवारीका हकमा समेत भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
त्यस्तै विभागले तोकेको भाडादरमा डिलक्स सुविधा भएका सार्वजनिक सवारी साधनले थप २० प्रतिशतसम्म भाडा लिन पाउने विभागले जनाएको छ ।