एमाले परित्याग गरेका सर्वेन्द्रलाई प्रश्नः कुन पार्टीमा जान लाग्नुभयो ?
काठमाडौ,पुस २१ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले नेकपा (एमाले) परित्याग गरेको घोषण गरेका छन् । उनले आफ्नो कुनै राजनीतिक दलसँग पनि आवद्धता नरहेको बताएका छन् ।
उनी गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट टिकट लिएर काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा उम्मेवदार बनेका थिए । त्यस्तै, प्रतिनिधि सभा उपनिर्वाचनमा उनलाई एमालेले तनहुँ–१ मा उम्मेदवार बनाएको थियो । तर, उनले दुवै पटक पराजय व्यहोरेका थिए ।
पार्टीले पटक–पटक अवसर दिँदा पनि उनले एमाले छाड्नुलाई विशेष रुपमा हेरिएको छ । ‘एमाले परित्याग गरेर कुन पार्टीमा जाने तयारी गर्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘अहिले म कुनै पनि पार्टीमा आवद्ध छैन । मैले स्वतन्त्र रुपमा रहने निर्णय गरेँ । यती नै हो कुरा, अहिले म अरु केही भन्दिनँ । अहिले अरु कुनै पार्टीमा आवद्ध हुने सोच पनि छैन ।’