११ किलो सुनसहित तीन जना पक्राउ
कोलम्बो,पुस २१ । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।
उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।
अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो । रासस, सिन्ह्वा