पत्रकार पुडासैनीको निधनप्रति महासंघ नुवाकोटद्वारा शोक व्यक्त



नुवाकोट,पुस २० । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति शोक व्यक्त गरेको छ । पत्रकार पुडासैनीको ३३ वर्षको उमेरमा गएराति काठमाडौस्थित हेल्पिङह्याण्ड अस्पतालमा निधन भएको हो।नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाइनमा कार्यरत थिए ।

‘पुडासैनीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । नेपाल पत्रकार महासंघ स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ,’ सचिव सुनिल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैबीच पत्रकार पुडासैनीको शनिबार देवीघाटमा अन्त्यष्टी गरिएको छ । दाहसंस्कार गर्नुअघि उमको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्