पत्रकार श्यामसुन्दर पुडासैनीको अन्त्येष्टि



नुवाकोट,पुस २० । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको शनिबार अन्त्येष्टि गरिएको छ।

काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पु¥याएलगत्तै निधन भएको थियो। शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उहाँलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

तेह्र वर्ष अगाडि नुवाकोटबाट पत्रकारिता गरेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाइनमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्