धरान उत्सव आजदेखि सुरु



धरान,पुस २० । धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ । 

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरू, विद्यालयहरूले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो । उत्सवको उदघाटन ज्येष्ठ नागरिक ७७ वर्षीय काजिमान गुरुङले गरे । 

उनले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाइ स्वागत तथा धन्यवाद दिएका थिए  । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्