आजको मौसम: सामान्यतया सफा रहने



काठमाडौं,पुस २० । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहनेछ । 

आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशभरका बाँकी भूभागको मौसम भने सफा रहेको विभागको पूर्वानुमान छ ।

आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवनमा समस्या आउन सक्ने भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । 

साथै, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्