नुवाकोटमा भूकम्पको धक्का महसुस



नुवाकोट,पुस १८ । नुवाकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार दिउँसो १ बजेर ३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो । थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्